सानिमा बैंकको दराजसंग “Daraz 12.12” योजनाका लागि सहकार्य

सोमबार, २६ मंसिर २०७९, १० : ५३

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “Daraz 12.12” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । 

योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।  ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. १,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२% वा अधिकतम् रु १,२१२ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।  

यो योजना २०७९ मंसिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।  

सोमबार, २६ मंसिर २०७९, १० : ५३

प्रतिक्रिया