अपर तामाकोशीको बिक्री प्रबन्धकमा  नागरिक लगानी कोष, सह विक्री प्रबन्धकमा सनराईज क्यापिटल

सोमबार, २६ मंसिर २०७९, १७ : २९

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धमा नागरिक लगानी कोषलाई  नियुक्त गरेको छ  । 

कम्पनीले को १स्१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई जारी गर्न लागेको प्रति शेयर १ हजारका दरले हुने १० अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई  नियुक्त गरेको हो  । 

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । 

नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेकोछ । 
 

सोमबार, २६ मंसिर २०७९, १७ : २९

प्रतिक्रिया