नेपाल वायुसेवा निगममा भारी संख्यामा कर्मचारी माग, कहिलेसम्म दिन सकिने दरखास्त ?

शुक्रबार, ०१ पुस २०७९, १३ : ००

नेपाल वायुसेवा निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। 

नियमले चौथो तहदेखि सातौँ तहसम्मका पदहरुमा १३८ जना नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। नियमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी छनोट गर्नेछ। 

निगमले लेखा सहायकदेखि वरिष्ठ प्राविधिक अधिकृतसम्म विभिन्न १४ पदमा दरखास्त खुलाएको छ। 

इच्छुक उम्मेदवार यही पुस २१ गतेसम्म अनलाइनमाफृत दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुरी तिरी पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ। 


 

शुक्रबार, ०१ पुस २०७९, १३ : ००

प्रतिक्रिया