नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त

शुक्रबार, ०१ पुस २०७९, १३ : २७

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् ।

नेपाल सरकार (अर्थमन्त्रीस्तर) को मंसिर १९ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालक सदस्य अर्याललाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अर्थमन्त्रालयका सहसचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख समेत हुन् ।

शुक्रबार, ०१ पुस २०७९, १३ : २७

प्रतिक्रिया