लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

शुक्रबार, ०८ पुस २०७९, ०८ : ५९

काठमाडौं / लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ ।बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे ।

लिभरपुलका लागि फावियो कार्भाल्हो र मोहम्मद सलाहले एक-एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । कतार विश्वकप पछि पहिलो खेल इतिहाद मैदानमा खेल्दा निकै प्रतिस्पर्धा बनेको थियो ।

सिटीले अर्काे बुधबार प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग खेल्दा बक्सिङ डेमा लिभरपुलले एस्टन भिल्लाको सामना गर्नेछ ।

शुक्रबार, ०८ पुस २०७९, ०८ : ५९

प्रतिक्रिया