के.एफ.सी.को पन्ध्रौं शाखा काठमाडौं मल सुन्धारामा

शुक्रबार, ०८ पुस २०७९, १० : १२

काठमाडौं / अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपालले स्टोर सञ्चालनमा ल्याएको हो ।

केएफसी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ नयाँ शाखा सञ्चालनसंगै के.एफ.सी.ले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा केएफसी सेलेब्रेसन मिल लगायतका नयाँ अफर समेत ल्याएको छ ।

शुक्रबार, ०८ पुस २०७९, १० : १२

प्रतिक्रिया