भ्वाइस अफ नेपाल सिजन ४ को उपाधि करण राईले जिते, पाए २५ लाख पुरस्कार

१ बर्ष अगाडि

काठमाडौँ / ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि करण राईले जितेका छन् । शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा राजु लामाको टिमका राईले उपाधि जितेका हुन् ।

विजेता करणले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् । यस्तै टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप र टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भएका छन् । यस्तै टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने ।

१ बर्ष अगाडि

प्रतिक्रिया