आजको विदेशी मुद्रा विनिमय दर यस्तो छ

आइतबार, १० पुस २०७९, ०८ : ३८

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 


यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३९ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १६० रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

आइतबार, १० पुस २०७९, ०८ : ३८

प्रतिक्रिया