यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, ११ पुस २०७९, ०८ : ३२

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आज एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ।

यसअघि शुक्रबारदेखि यो मूल्य यथावत छ। यस्तै आज युरो एकको खरिद दर १४० रूपैयाँ ४३ पैसा र बिक्री दर १४१ रूपैयाँ ०७ पैसा रहेको छ। युरोको भाउ अघिल्लो दिनको तुलनामा केही बढेको हो।

यस्तै बेलायती पाउण्ड एकको खरिददर १५९ रूपैयाँ ५३ पैसा र बिक्री दर १६० रूपैयाँ २५ पैसा रहेको छ। यस्तै अष्ट्रेलियन डलरको भाउ १ को खरिददर ८८.८७ रूपैयाँ र बिक्रीदर ८९.२७ रूपैयाँ  छ।  

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

सोमबार, ११ पुस २०७९, ०८ : ३२

प्रतिक्रिया