तरकारी बजारमा बिद्युतीय भुक्तानीको अवस्थामा बारेमा गर्भनरद्वारा जानकारी

सोमबार, ११ पुस २०७९, ०८ : ३८

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले काठमाडौँ उपत्यकाका तरकारी बजारमा बिधुतिय भुक्तानीको अवस्थामा बारेमा जानकारी लिएका छन् । 

आइतबार नक्सालको तरकारी बजारमा पुगेर गभर्नर अधिकारीले  दुई वर्ष अगाडि सुरु गरिएको बिधुतिय भुक्तानी क्यूआर कोडको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा गभर्नर अधिकारीले तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको अवस्था सन्तोषजनक पाइएको बताए । राष्ट्र बैङ्कले बिधुतिय भुक्तानीलाई प्राथमिकतामा राखेको भन्दै उनले सर्वसाधारणले पनि साथ दिनुपर्ने बताए । 

गभर्नर अधिकारीले बिधुतिय भुक्तानीलाई अव देशव्यापी बनाउनुपर्ने बताए । 

सोमबार, ११ पुस २०७९, ०८ : ३८

प्रतिक्रिया