अटोमोबाइल्स ब्यवसायीहरूले सरकारविरुद्ध फेरी आन्दोलन गर्ने

१ बर्ष अगाडि

काठमाडौँ -  अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निणर्य गरेको छ । 

नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा शुक्रबार र शनिबार आयोजना भएको  बृहत भेलाले उक्त निर्णय गरको हो । 

नाडाले मंसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी मंसिर २२ गते काठमाडौं लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो । 
  
 सरकारले ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान र १५० सिसिभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि उच्च ब्याजको कारण सहजता आउन नसकेको र व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाले जनाएको छ ।

 भेलाले वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने र  व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । सोही दिन बसेको नाडाको १३औं कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औं वार्षिक साधारणसभा माघ २७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया