टाटाको मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

बुधबार, १३ पुस २०७९, ०९ : ३५

काठमाडौँ / टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा यसका  १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजित मेगा सर्भिस क्याम्पको आज  सम्पन्न भएको  छ ।  यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौँ उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्।  त्यसैगरी ,  बाँकी ९ वटा उपत्यका बाहिरका  स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , सर्रा,  धनगढी , नेपालगंजमा रहेका छन्।  
            
तीन दिने क्याम्पमा  टाटाका  ९५५ वटा  "पेसेन्जर" श्रेणीका गाडीहरुको  प्रभावकारी ढंगले   जाँच एवं  मर्मत सम्भार गरिएको थियो भने १,५३३ व्यक्तिहरुको सहभागिता थियो ।  यस्तो  जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरु प्राप्त गरेका थिए । 

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश:  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिङ , कम्प्युटर डायग्नोसिस ,  सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि: शुल्क प्रदान गरिएको थियो  ।   यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो । 
 

बुधबार, १३ पुस २०७९, ०९ : ३५

प्रतिक्रिया