तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो बोलकबोल हुँदै

शुक्रबार, १५ पुस २०७९, ०९ : २२

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैङ्किङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ । कूल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो । रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् । उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ । रासस

शुक्रबार, १५ पुस २०७९, ०९ : २२

प्रतिक्रिया