अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

शुक्रबार, १५ पुस २०७९, ११ : ४८

काठमाडौँ-  शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आरालो लागेको छ ।   

लगातार दोस्रो दिन कच्चा तेलको मूल्यमा घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य घटेर प्रतिब्यारेल ८२.२६ डलरमा कारोबार भइरहेको छ। 


हिजो ब्रेन्ट क्रुडको मूल्य  प्रतिब्यारल ८२.७२ मा कारोबार भएको थियो। 

 त्यस्ते आज डब्ल्यूटीआई कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ। अहिले डब्ल्यूटीआई कच्चा तेल प्रतिब्यारल ७८.६८ डलरमा कारोबार भइरहेको छ। 

हिजो डब्ल्यूटीआई कच्चा तेल प्रतिब्यारल ७९.६९ तरलमा कारोबार भएको थियो। 

चीनलगातका मुलुकहरुमा पछिल्लो समय बढिरहेको कोरोना कहरका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आउन थालेको छ।

एजेन्सीका अनुसार, रुसी कच्चा तेलमा ‘प्राइस क्याप’ निर्धारण गर्ने जी–७, युरोपेली संघ र अस्ट्रेलियाले गरेको निर्णयले विश्व अर्थतन्त्रमा अनिश्चितता छ। जसका कारण लगानीकर्ता बजारप्रति निराश हुँदा तेलको मूल्यमा तीव्र उतारचढाव भइरहेको जानकारहरु बताउँछन्। 

 
 

शुक्रबार, १५ पुस २०७९, ११ : ४८

प्रतिक्रिया