फेरि पनि महँगियो सुन चाँदीको भाउ

मंगलबार, १९ पुस २०७९, ११ : ४३

काठमाण्डौँ / नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ
हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। 

मंगलबार, १९ पुस २०७९, ११ : ४३

प्रतिक्रिया