काठमाडौँ / इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) प्रविधियुक्त वासिङ मेसिन सार्वजनिक गरेको छ। डब्लूडब्लू१२टीपी९४डीएक्सरएसपी र डब्लूडी८०टी६०४डीबीएक्स मोडेलका तीन नयाँ वासिङ मेसिनमा ‘फुल–अटोमेटिक फ्रन्टलोड’ तथा ‘इकोबब्बल’ प्रविधि समेत प्रयोग गरिएको छ। तीन वटै मोडेल पूर्ण स्वचालित ‘फ्रन्टलोड’ वासिङ मेसिनका ‘सेग्मेन्ट’ हुन्।
यसमा भएको एआईले लुगा धुने बानीलाई आफ्नो ‘मेमोरी’मा राख्छ र पछि त्यस्तै खालको कपडा धुँदा स्वतः सोही अनुरूप कार्य गर्दछ। यी सबै वासिङ मेसिनले प्रयोगकर्ताको लुगा धुने व्यवहारलाई बुझेर सोही अनुसार ‘वासिङ साइकल’को विकल्प प्रदान गर्दछन्। नयाँ मोडेलका मेसिनलाई सामसङ स्मार्ट थिङ्गस् एपको माध्यममा जोड्न पनि मिल्छ।
अत्याधुनिक प्रविधि
सामसङ इलेक्ट्रोनिक्सका अनुसार, यसमा प्रयोग गरिएको ‘हाइजिन स्टिम’ प्रविधिले कपडाको गुणस्तरीय धुलाइ गर्छ। यस प्रविधिले ९९ प्रतिशत ‘ब्याक्टेरिया’ हटाउँछ। यसमा भएको ‘स्मार्ट इन्टरनेट अफ थिङ्गस्’ (एलओटी)ले इन्टरनेटको माध्यमबाट सामसङको ‘स्मार्ट डिभाइस’ जस्तै– ग्यालेक्सी स्मार्टफोन, सामसङ स्मार्ट टीभी तथा भ्वाइस डिभाइस अलेक्सा र गुगलको्रमसँग जोडेर पनि प्रयोग गर्न सकिन्छ।
यसमा ‘डायल कन्ट्रोल’युक्त ‘यूजर फ्रेन्ड्ली स्लीक डिजिटल इन्टरफेस’को विशेषता छ। त्यस्तै ‘लन्ड्री’को अनुभवलाई अझै प्रभावशाली एवं सहज बनाउन ‘लन्ड्री प्लानर’को सुविधा पनि राखिएको छ। यसले लुगाको रङ, प्रकार तथा ग्राहकले निर्धारण गरेको ‘डिग्री अफ सोइलिङ’को आधारमा ‘लन्ड्री रेसिपी’ अनुसार लुगा धुने समय स्वतः निर्धारण गर्दछ। यसमा भएको ‘होम केयर विजार्ड’ले सम्भाव्य समस्या तथा समस्या आए तुरुन्तै समाधान गर्न मद्दत गर्दछ।
सामसङ नेपालका डेपुटी जनरल म्यानेजर आलोककुमार गुप्ता एआई प्रविधिका वासिङ मेसिनले प्रयोगकर्तालाई सहज र ‘लक्जरी’ प्रदान गर्ने दाबी गर्छन्। ‘एआई इनेबल्ड’ वासिङ मेसिनले ‘मल्टीलिङग्वल यूजर’ ‘इन्टरफेस’ तथा व्यक्तिगत ‘लन्ड्री सोलुसन’ जस्ता विशेषता प्रदान गर्दछ,” उनी भन्छन्, “यी सबै मेसिनमा फरक–फरक कपडाका लागि निर्धारण गरिएका दुई हजार ‘वास कम्बिनेशन’ जस्ता अत्याधुनिक विशेषता छन्।”
यी सबै मेसिनमा भएको ‘डिजिटल इन्भर्टर’ प्रविधिले कम बिजुली खपत गर्ने कम्पनीले जनाएको छ। साथै, आवाज पनि कम निकाल्दछ । गुप्ता भन्छन्, “‘अटो डिस्पेन्स’ प्रविधिले निश्चित रूपमा ‘डिटरजेन्ट’ तथा ‘सफ्टनर’को प्रयोग गर्छ।”
विशेषता
सामसङ वासिङ मेसिनमा ‘एआई कन्ट्रोल’ले ‘लन्ड्री रेसिपी’, ‘लन्ड्री प्लानिङ’, ‘होम केयर विजार्ड’ तथा ‘लोकेशन बेस्ड रिकमेन्डेसन’ जस्ता अत्याधुनिक विशेषता छन्। यसमा भएको ‘इकोबब्बल’ प्रविधिले पानीमा ‘डिटरजेन्ट’लाई सहजै घुल्न सघाउ पुर्याउँछ। त्यसका साथै पानीमा हावाको मात्रा बढाउन सहयोग पनि गर्छ। जसको कारण सामान्यभन्दा सामसङ वासिङ मेसिनले लुगामा ४० गुणा बढी ‘डिटरजेन्ट’ प्रवाह गर्ने सामसङ इलेक्ट्रोनिक्सको भनाइ छ ।
तीन वटै मोडेलमा भएको ‘सुपर इकोवास’ विशेषताले १५ डिग्री तापक्रममा ४० डिग्री बराबरको धुलाईप्रदान गर्छ। यस कारण तुलनात्मक रूपमा ३० प्रतिशत बिजुली खपत हुने कम्पनीले जनाएको छ।
यी तीन वटै मोडेलका वासिङ मेसिनमा भएको ‘अटो डिस्पेन्स’ले उचित परिमाणमा ‘डिटरजेन्ट’ तथा ‘सफ्टनर’ लोड गर्छ। यसले करीब २६ प्रतिशत ‘डिटरजेन्ट’ तथा ४६ प्रतिशत ‘सफ्टनर’को बचत हुने सामसङ इलेक्ट्रोनिक्सले जनाएको छ। यसमा भएको ‘डट्चेबल ट्यांक’ लामो समयका लागि आवश्यक पर्ने ‘डिटरजेन्ट’ भण्डार गर्न सकिन्छ।
नयाँ मोडेलका सामसङ वासिङ मेसिनमा ‘हाइजिन स्टिम’ प्रविधि छ। ‘हाइजिन स्टिम’ले साइकलमा पानी, ‘सोइल’ र ‘डिटरजेन्ट’लाई ‘ड्रेन आउट’ गर्छ। त्यसपछि थोरै पानीले मात्रै वाफ सिर्जना गराउँछ। त्यसैले यी मोडेलका मेसिनमा लुगा धुँदा पानीको बचत हुने सामसङले जनाएको छ।
सामसङमा भएको ‘डिजिटल इन्भर्टर प्रविधि’ले उच्चस्तरीय कार्य सम्पादनका लागि शक्तिशाली ‘म्याग्नेट’को प्रयोग गर्दछ। यसमा ब्रसको प्रयोग गरिएको छैन । ब्रस नभएकाले वासिङ मेसिन टिकाउ हुने सामसङको भनाइ छ।
यी मोडेलका मेसिनमा ‘ड्रम क्लिन’ तथा ‘ड्रम क्लिनपल्स’ जस्ता विशेषता पनि छन्। यसले प्रयोगकर्तालाई सफाइको स्वतः जानकारी दिन्छ। त्यस्तै ‘स्टेक्लिन ड्रयर’ले ‘डिटरजेन्ट’लाई ‘फ्लसिङ’ प्रविधिले पानीमा राम्रोसँग घुलाउँछ। जसले गर्दा बाँकी रहेको ‘डिटरजेन्ट’ वा ‘सफ्टनर’ पूर्ण रूपमा प्रयोग हुन्छ र यसमा भएको ‘ट्रे’ सफा र स्वच्छ रहन्छ।
मूल्य
तीनवटै मोडेलका वासिङ मेसिनको सुरवाती मूल्य रु।१ लाख ९ हजार ९९० तोकिएको छ । मेसिनहरू ८–६ केजी र १२–८ किलोको ‘वासर ड्रायर’ का साथै १२ किलो ‘वासर टाइप’ मा उपलब्ध छन्।
यी सबै मेसिन नेपालभर रहेका हिम इलेक्ट्रोनिक्सका सामसङ स्मार्ट प्लाजा मार्फत १५ प्रतिशतसम्मको ‘क्यास ब्याक’ तथा किस्ताबन्दीमा पनि खरीद गर्न सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया