भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ ।
सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ । भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो, डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ । भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्श लगायत अत्याधुनिक विशेषताहरुमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ ।
स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ । नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५००+ रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ । यी संख्या निरन्तर बढ्दै गइरहेका छन् यसका लागि ग्राहकवर्गले दिएको माया र प्रशंसाको लागि धन्यवाद । विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
भिभोले सन् २०२२ मा महत्वपूर्ण फ्ल्यागशिपहरू, विशेष गरी ख्द्दघ र ख्द्दछ सिरिजहरु सार्वजनिक गरेर उत्पादन लाइनको आक्रामक विस्तार गर्यो । थ्घघक, थ्ण्ज्ञ, थ्छछ, थ्ज्ञछअ, थ्घछ, थ्द्दद्द, थ्ज्ञट, र थ्द्दद्दक को लन्चहरूसँगै ब्रान्डको बजेट मैत्री र सुविधायुक्त वाई शृङ्खलाले पनि विस्तारको अनुभव गरेको छ । यसबाहेक, ब्रान्डको थ्द्दण्, थ्द्दज्ञभ र थ्द्दघभ स्मार्टफोनहरूको मूल्य क्रमशः रु.२०,९९९ र रु.३७९९९ र ४१,९९९ मा घटाएको छ । भिभोले ख्द्दघ छन् मा कलर चेन्जिङ ग्लास प्रविधि ल्याएको थियो भने ख्द्दछ छन् मा ५०एमपी फ्रन्ट क्यामेरा, ४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज ल्याएको छ । रङ परिवर्तन हुने ग्लास प्रविधिले स्मार्टफोनको डिजाइनलाई परिभाषित गरेको छ । ब्रान्डले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिलाई प्रजातान्त्रिक र उन्नत बनाउने उद्देश्यका साथ यस सम्बन्धमा आफ्नो गतिलाई निरन्तरता दिनेछ ।
बेन्फेन – सही चीजहरू गर्ने र तिनीहरूलाई सही तरिकाले गर्ने भिभोको मार्गनिर्देशनका साथ ब्रान्डले आफ्नो काम गर्ने इकोसिस्टमको महत्व बुझेको छ । यसैले गत वर्षमा डिसेम्बर २०२२ मा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना लगायत धेरै महत्वपूर्ण पहलहरू संचालन गरेको छ । “मोर लोकल, मोर ग्लोबल” दृष्टिकोणलाई आत्मसाथ गर्दै भिभोले स्थानीय प्रतिभालाई सम्मान र प्रोत्साहन गर्छ जुन “भिभोटाइन फोटोग्राफी प्रतियोगिता” बाट झल्किन्छ, जहाँ प्रतिभाशाली फोटोग्राफरहरूलाई पुरस्कार र भी, ए’ र वाई सिरिज स्मार्टफोनहरुमा छुट दिएको थियो । यसको ग्राहक केन्द्रित दृष्टिकोणको अर्को प्रमाण भनेको “भिभो सर्भिस डे” हो जुन हरेक महिनाको २७ देखि २९ तारिखसम्म मनाइन्छ । यसमा ग्राहकहरूले अन्य फाइदाहरूका साथै निशुल्क सरसफाइ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड लगायतका निःशुल्क बिक्री पछि सेवाहरूको फाइदा लिन सक्छन् ।
डिसेम्बर २०२२ मा ५औं वार्षिकोत्सवको अवसरमा, भिभोले दैनिक, साप्ताहिक र बम्पर लक्की ड्र मार्फत प्रयोगकर्ताहरूलाई आकर्षक उपहारहरू प्रदान गर्दै एक महिना लामो “सेल्स कार्निभल” सम्पन्न गरेको छ । ब्रान्डले नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको छ । भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्नेछ ।
प्रतिक्रिया