कालिञ्चोक दर्शन लिमिटेडको १२ लाख कित्ता शेयर बाँडफाड

विहीबार, २१ पुस २०७९, ०९ : २२

काठमाडौँ / कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर ९आईपीओ० निष्काशन सम्पन्न  गरेको छ । 

आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको थियो । 


प्रवन्धकको नेतृत्वमा कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित क्षेत्र अर्थात दोलखाबासीलाई १,२०,००० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १,०८,००० कित्ता शेयर  निष्काशन गरेको हो । 
आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरिएको शेयरका लागि माग गरिए भन्दा ५.२८ गुणा ६,३४,०६१ कित्ताका लागि १५,४११ जना आवेदकको आवेदन प्राप्त भएको थियो जस मध्ये २३१ जना आवेदकको आवेदन रित नपुगेको पाइएकाले ति आवेदनहरु गरि रितपुर्वक १० –४०९० कित्ता सम्मका लागि आवेदन दिने १५,१८० जना आवेदकहरु मध्ये गोला प्रथाका माध्यमबाट १२,००० आवेदकलाई १,२०,००० कित्ता बाँडफाँड गरिएको छ ।


वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको १,०८,००० कित्ता शेयरका लागि माग गरिए भन्दा ९.६ गुणा १०,३७,३८० कित्ताका लागि ६,२५० जना आवेदकको आवेदन प्राप्त भएको थियो ।
 शेयर बाँडफाँडको क्रममा सर्वप्रथम सबै आवेदकहरुलाई १० कित्ताका दरले बाँडफाँड गरि तत्पश्चात बाँकी रहन गएको ४५,४१० कित्ता शेयर, २०–१०००० कित्ता सम्म आवेदन दिने आवेदकहरु मध्ये ४,५४१ जना आवेदकलाई गोला प्रथाका माध्यमबाट थप १० कित्ता बाँडफाँड गरिएको हो । सोक्रममा ४५४१ जना आवेदकहरुले २० कित्ता र १,७१८ जना आवेदकहरुले १० कित्ता शियर प्राप्त गरेका हुन् ।

विहीबार, २१ पुस २०७९, ०९ : २२

प्रतिक्रिया