नेपाल विद्युत् प्राधिकरणका कारण पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने

विहीबार, २१ पुस २०७९, १५ : ३२

यो हप्ताको दोस्रो दिन (मितिः २०७९र०९र१८ गते)  हामीले पत्रकार सम्मेलन मार्फत नेपाल विद्युत प्राधिकरणले अचाकलि ९६००(७०० प्रतिशतसम्म) आफूखुसी भाडा बढाए पश्चात सो भार उपभोक्तामा पर्न नदिन राज्यले उच्च स्तरिय समिति गठन गरी प्रतिवेदन दिई घटेको भाडादरमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भनेकोमा नेपाल विद्युत प्राधिकरणले ठिक बिपरित अचाकलि बढेको भाडादरमै सम्झौता गरी भुक्तानी गर्न आउन गलतरगैरकानुनी ढङ्गले भाडा असुल गर्न खोजेको व्यहोरा सर्वाविदित छ।


अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेसन सेन्टर मा नेपाल विद्युत प्राधिकरणले छानेरै विद्युत विच्छेद गरेको छ (सेवा प्रदायकहरुले विद्युत महसुल नियमित रुपमा भुक्तानी गर्दागर्दै)। हामी सेवा प्रदायकहरुले हरसम्भव प्रयास गर्दा पनि अपरेसन सुचारु गर्न नसक्ने अवस्था आएकोले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ। यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ती समेत दिनुपर्दछ।

हामीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, मानव अधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकाय समक्ष सत्य तथ्य प्रस्तुत गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दा पनि स्थितिमा कुनै सुधार नआएको कुरा तहाँ प्रेसलाई बिनम्र अनुरोध गर्दछौँ। तहाँ प्रेस मार्फत पनि आवश्यक पहल र हस्तक्षेपकारी कार्य गर्न राज्यका निकायहरुको ध्यानाकर्षण गराइदिनुहुनका लागि अनुरोध गर्दछौँ।
 

विहीबार, २१ पुस २०७९, १५ : ३२

प्रतिक्रिया