यस्तो छ विदेशी मुद्राको विनिमय दर

विहीबार, २८ पुस २०७९, ०८ : ४६

काठमाडौँ  / नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा रहेको छ।  यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा तथा बिक्रीदर १४० रुपैयाँ ५६ पैसा रहेको छ । 

यस्तैगरी पाउण्ड एकको खरिददर १५८ रुपैयाँ र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । 

बैंकका अनुसार मलेसियन रिंगिटको खरिददर  २९ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको छ । 

विहीबार, २८ पुस २०७९, ०८ : ४६

प्रतिक्रिया