अब फोन पेको नेटवर्कमा माई पे

विहीबार, २८ पुस २०७९, ११ : ०९

काठमाडौँ - डिजिटल भुक्तानी सेवा प्रदायक संस्था माई पे अब फोन पेको नेटवर्कमा जोडिएको छ। 

८ लाखभन्दा बढी सेवाग्राही भएको माई पे र फोन पेबीच सहकार्य गर्ने सम्झौता भएसँगै माई पे विधिवत् रूपमा फोन पेको नेटवर्कमा जोडिएको हो।यो सँगै अब फोन पे का ११ लाखभन्दा बढी मर्चेन्ट आउटलेटमा माई पेका सेवाग्राहीले क्युआरमार्फत भुक्तानी गर्न पाउँनेछन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माई पेलाई फोन पे को नेटवर्कमा जोड्न पाउँदा खुसी लागेको बताए। उनले माई पेका प्रयोगकर्ताले पनि क्युआरमार्फत भुक्तानी गर्न पाउने र त्यसले डिजिटल भुक्तानी बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज महेताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन फोन पेको नेटवर्कमा जोडिएको र यसले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे।

विहीबार, २८ पुस २०७९, ११ : ०९

प्रतिक्रिया