नेपालमा पनासोनिक लाईफ सोलुससन सोरुम सुरु

विहीबार, २८ पुस २०७९, ११ : २४

काठमाडौँ-  भारतमा विद्युतीय निर्माण सामग्री (ईसीएम) को सबैभन्दा ठूलो घरेलु उत्पादक मध्ये एक पानासोनिक लाइफ सोलुसन्स इन्डियाले नेपालमा पहिलो पटक शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सार्क क्षेत्रमै २१ औं र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज शोरुम सञ्चालनमा ल्याएको हो । ईसीएम स्पेसबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ ।

अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट–स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस) , लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज र्‍याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनोट सहितका उत्पादनहरु शोरुममा उपलब्ध गराउने छ ।

कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज बनाउँदै आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता र्‍याक र सिटेड शावर जस्ता उत्पादन पनि ल्याउने छ । प्राविधिक ज्ञान भएका उपभोक्ता माझ नवीन आवास समाधानहरुको माग बढ्दै गइरहको कम्पनीको भनाइ छ ।

विहीबार, २८ पुस २०७९, ११ : २४

प्रतिक्रिया