काठमाडौँ - डिजी पे प्रालि र 21st टेक प्रालिबीच विशेष सहकार्य गर्ने सम्झौता भएको छ।
डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बानेश्वरस्थित सामाजिक सञ्जालको डिजिटल मार्केटिङ तथा वेबसाइट र एप बनाउने एक उत्कृष्ट संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको छ। यस सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यवसाय आबद्ध योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायीले डिजिटल मार्केटिङद्वारा आफ्नो बजार विस्तार गर्न सक्नेछन्।
द्दज्ञकत टेकको सौजन्य रु.३० हजार पर्ने प्रिमियम प्याकेज मात्र रु. १५ हजारमा गर्न सक्नेछ साथै वेबसाइट र एप तथा अन्य विभिन्न सेवा आफ्नो व्यावसायिक आवश्यकता अनुसार ५०५ सम्मको छुटमा बनाउन सक्नेछ।
द्दज्ञकत टेककी प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजी पेमा आबद्ध व्यावसायिकलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताए र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुसी व्यक्त गरेकी छिन्। उनका अनुसार यस सहकार्यले स्थानीयस्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए।
त्यस्तै डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले द्दज्ञकत टेकजस्तो एक प्रतिष्ठित संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए। उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत डिजिटल मार्केटिङ क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको जनाए।
यसैगरी अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाई थप अफर तथा सुविधाहरु दिने योजना रहेको बताए।
सम्झौतापत्रमा द्दज्ञकत टेकका प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहाल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा द्दज्ञकत टेक र डिजी पेका विभिन्न व्यक्तित्वहरु पनि उपस्थित थिए।
प्रतिक्रिया