खल्तीको टपअपबाट आइफोन जित्ने  सुनौलो अवसर

शुक्रबार, २९ पुस २०७९, १३ : ३१

काठमाण्डौँ - खल्तीले मात्र रु.५० को टपअपमा आइफोन १४ जित्ने मौका गाह्रक वर्गलाई प्रदान गरेको छ । यसका साथै खल्ती प्रयोगकर्ताहरुले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्नेछन्। 

आइफोन १४ प्रतिको उत्सुकतालाई थप आकर्शित बनाउँदै खल्तीले रु. ५० टपअपमा आइफोन १४ जित्नका लागि यो अफर ल्याएको हो। खल्ती प्रयोगकर्ताहरुले होमस्क्रिनमा रहेको ‘खल्तीमा आइफोन १४’ खण्डबाट टपअप गर्नुपर्छ।

यस अफरका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘खल्तीमा आइफोन’ले हाम्रा प्रयोगकर्ताहरुका लागि सधैँ लोभ्याउने प्रस्ताव भएकोले हामी यो अफरप्रति उत्साहित छौँ। यसैबीच यो अफरको सुरुवातसँगै हामी हाम्रा प्रयोगकर्ताहरुलाई डिजिटल नेपालतर्फ थप उत्प्रेरित गर्न चाहन्छौँ।’

अफरमा सहभागी हुन भने केवाईसी ९केवाईसी० भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केही मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्। यो अफर पुस २८ देखि फागुन १६ सम्म लागु हुनेछ। 

यसलगत्तै खल्तीको हाल चलिरहेको ‘खल्ती मा बैंक लिंक’ अफरअन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२ इन्चको टीभी जित्ने सम्भावना रहेकोछ। ‘खल्तीमा आइफोन १४’मा टपअप गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंक बाट भुक्तानी गरि यो अफरमा पनि सहभागी जनाउन सक्नेछन्।  

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै  WITSA  ग्लोबल इनोभेसन र टेक उत्कृष्टता पुरस्कार बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीहरुमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु, र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।

 

शुक्रबार, २९ पुस २०७९, १३ : ३१

प्रतिक्रिया