घट्यो अमेरिकी डलरको भाउ : महङ्गियो युरो

शनिबार, ३० पुस २०७९, ११ : १३

काठमाडौँ - नेपाल राष्ट्र बैङ्कका अनुसार आज शनिबार अमेरिकी डलरको भाउमा गिरावट आएको छ भने युरोपियन युरो बढेको छ । 

शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ १९ पैसा र बिक्रीमा १३० रुपैयाँ ७९ पैसा रहेको आज घटेर एकको खरिदमा १२९ रुपैयाँ ८३ पैसा र बिक्रीमा १३० रुपैयाँ ४३ पैसामा झरेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ५० पैसा पुगेको छ । यसअघि एकको खरिददर १४० रुपैयाँ ३ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर बढेको हो । 

त्यस्तै, अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । यसअघि एकको खरिदमा ८९ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९० रुपैयाँ २८ पैसा रहेको छ रहेको अष्ट्रेलियन डलर आज बढेर खरिदमा ९० रुपैयाँ ६१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ३ पैसा पुगेको छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ७६ पैसा, जापानी येन १० को खरिदमा १० रुपैयाँ ११ पैसा र बिक्रीमा १० रुपैयाँ १५ पैसा रहेको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३४।रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा रहेको छ ।

शनिबार, ३० पुस २०७९, ११ : १३

प्रतिक्रिया