कुस्मा, गौर र ढल्केवरमा “महिला सशक्तिकरणमा - महालक्ष्मी लाईफ“

१ बर्ष अगाडि

काठमाडौँ - पौष ४ गतेबाट प्रारम्भ भएको “महिला सशक्तिकरणमा - महालक्ष्मी लाईफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ ।

यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर,  धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम संचालन भएको छ । समाजमा पिछडिएर रहेका महिलाहरुलाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि प्रोत्साहित गर्ने  कार्यक्रमको उद्देश्य रहेको छ । 

पौष २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख संतोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । महालक्ष्मी लाईफका धौलागिरी प्रमुख तथा प्रमुख अतिथि जमुना आचार्यले यस किसिमको शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने धारणा राखेकी थिइन् । सहभागिको तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाईफले महिला सशक्तिकरणमा गरेको प्रयासको प्रशंसा गरेका थिए। 

यसै क्रममा पौष २४ गते गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । महिला नेतृ उमा झा को अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेश कुमार शाहले गरेका थिए। ६५ जनाको सहभागिता रहेको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार बिभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन प्रकाश झा ले गरेका थिए। 

धनुषाको ढल्केवरमा पनि पौष २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । स्थानिय जन प्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले  गरेका थिए । प्रमुख कार्यकारी अधिकृत तथा बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रम सम्बन्धी प्रशिक्षण दिएका थिए । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको संचालन रोहन घतानीले गरेका थिए। 

पौष २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरियो । महिला सौन्दर्य सम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाईफ विर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको थियो। कमलमान सिँह चौहानले संचालन गर्नु भएको कार्यक्रममा पवित्रा बस्नेत र कम्पनीका उपक्षेत्रिय प्रमुख गुञ्जन थापाले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया