भारतबाट बढेर आयो पेट्रोलको मुल्य

सोमबार, ०२ माघ २०७९, १६ : ०७

काठमाडौं-  भारतबाट पेट्रोलको मुल्य बढेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको हो ।

हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसी) ले नेपाल आयाल निगमलाई पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ भने डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको निगमले जनाएको छ ।

यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो । यस्तै हवाई इन्धन भाउ पनि प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो ।

सोमबार, ०२ माघ २०७९, १६ : ०७

प्रतिक्रिया