एनआईबिएल ग्रोथ फन्डको इकाइ बाँडफाँड

बुधबार, ०४ माघ २०७९, १० : २४

काठमाडौँ / ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ का इकाइहरु  मंगलबार बाँडफाँड गरिएको छ । 
हिजो बिहान ११ बजे योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँड गरीएको हो । 

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको ‘एनआईबिएल म्युचुअल फन्ड’का इकाइहरु गत पुस ७ गतेदेखि पुस २१ गतेसम्म बिक्री खुला गरिएको थियो। सार्वजनिक निष्कासन अवधिभरमा यस योजनामा ४५ लाख ८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताबाट कुल १ अर्ब ३२ करोडभन्दा बढीको इकाइ खरिदका लागि आवेदन परेको छ।

वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पुँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बाबजुद यस योजनामा आम लगानी कर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ।  

दसवर्षे समयावधिका लागि जारी गरिएको ‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु दोस्रो बजारबाट सजिलै खरिद बिक्री गर्न सकिनेछ ।Allotment-Notice-NIBLGF

बुधबार, ०४ माघ २०७९, १० : २४

प्रतिक्रिया