यस्तो छ, विदेशी मुद्राको विनिमयदर

बुधबार, ०४ माघ २०७९, ११ : ३०

 काठमाडौँ-  नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार अमेरिकी डलर, युरोपियन युरोदेखि कतारी रियालसम्मको विनिमयदर बढेको छ ।

 यसअघि एकको खरिदमा १३० रुपैयाँ २९ पैसा र बिक्रीमा १३० रुपैयाँ ८९ पैसा रहेको अमेरिकी डलरको भाउ बढेर आज खरिदमा १३० रुपैयाँ ५२ पैसा र बिक्रीमा १३१ रुपैयाँ १२ पैसा पुगेको छ । 


यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ८२ पैसा कायम भएको छ । यसअघि भने युरो एकको खरिदमा १४१ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ६८ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर भने आज सामान्य घटेको छ । यसअघि एकको खरिदमा ९० रुपैयाँ ७३ पैसा र बिक्रीमा ९१ रुपैयाँ १५ पैसा तोकिएको अष्ट्रेलियन डलर आज एकको खरिदमा ९० रुपैयाँ ६६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८ पैसा रहेको छ । 

यसैगरी जापानी येन १० को खरिदमा १० रुपैयाँ १३ पैसा र बिक्रीमा १० रुपैयाँ १८ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १९ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य १९ रुपैयाँ ३५ पैसा रहेको छ । 

साउदी अरेवियन रियाल र कतारी रियाल पनि आज सामान्य बढेको छ । यसअघि एकको खरिदमा ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८५ पैसा रहेको साउदी रियाललाई आज एकको खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा रहेको छ । 

कतारी रियाल एकको खरिदमा ३५ रपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा पुगेको छ । यसअघि भने कतारी रियालको भाउ ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा रहेको थियो । 

बुधबार, ०४ माघ २०७९, ११ : ३०

प्रतिक्रिया