अन्तराष्ट्रिय सम्मेलन सुरू :साइबर सेक्युरिटी

बुधबार, ०४ माघ २०७९, १५ : ५६

काठमाडौं-   साइबर सेक्युरिटी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू भएको छ ।

सो सम्मेलन काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा एक कार्यक्रमकाबीच सुरु गरिएको हो ।

सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनको आयोजनामा एक दिने सम्मेलनमा नेपाल र भारतका साईबर सुरक्षामा काम गर्दै आएका सरोकारवालाहरूको सहभागिता रहेको छ ।

एनपिसिईआरटीको सह आयोजनामा भइरहेको सम्मेलनमा नव नियुक्त सञ्चार मन्त्री रेखा शर्माको प्रमुख अतिथि रहेकी छिन् ।

बुधबार, ०४ माघ २०७९, १५ : ५६

प्रतिक्रिया