काठमाडौँ- नेपाल टेलिकमले हिजो भएको प्राविधिक समस्याका कारण ग्राहक वर्गलाइ पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
हिजोे करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएको र कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिएको टेलिकमले बताएको छ ।
समस्या समाधान भइसके पश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक वर्गलाइ असजिलोपन व्यहोर्नुपरेकोमा कम्पनी क्षमाप्रार्थी रहेको पनि कम्पनीले बताएको छ ।
साथै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन टेलिकमले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको र त्यसका साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गरेको छ ।
प्रतिक्रिया