नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा

१ बर्ष अगाडि

काठमाडौँ नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा आएको छ ।

 हङकङकी नेपाली डिजाइनर काजल नैनाले चार वर्षदेखि अनलाइन फस्र्ट ज्वेलरी व्यवसाय गरेपछि हार्बर सिटीको ओसियन ग्यालरीमा आफ्नो पहिलो फिजिकल स्टोर खोलेकी हुन् ।

नेपाल, अस्ट्रेलिया, बेलायत र सिंगापुरलगायत बजारमा अनलाइन र स्टोरमार्फत बिक्री हुने छानिएका वस्तुहरूले नैनाका सिर्जनाहरू विश्वव्यापी रूपमा लोकप्रिय भएका छन् । यस वर्षको अन्त्यतिर काठमाडौंको लागि दोस्रो स्ट्यान्डअलोन स्टोरको योजना बनाइएको छ ।

फ्ल्यागसिप स्टोरले ब्रान्ड र ग्राहकबीच सुमधर सम्वन्ध कायम गर्ने अपेक्षा छ । ग्राहकहरूले आकर्षक डिजाइन गरिएका सामग्रीहरु यसमार्फत छनौट गर्न सक्नेछन् । नैनाले सुलभ राम्रो गहनाहरूसँग अन्तरक्रिया गर्ने एक अद्वितीय र रमाइलो तरिकाको रूपमा वर्णन समेत गर्दछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया