पोखरामा वाइफाई नेपालको इन्टरनेट सेवा सञ्चालनमा आउने

१ बर्ष अगाडि

काठमाडौँ-  पोखरामा वाइफाई नेपालको इन्टरनेट सेवा सञ्चालनमा आउने भएको छ ।

 पोखरा, दमौली र लेखनाथबासीलाई लक्षित गरी सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने गरी उक्त सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ ।

पोखरामा हालै आयोजित एक कार्यक्रममा वाइफाई नेपालले काठमाडौंमा सफलतापूर्वक सेवा सञ्चालन गरेको इन्टरनेट सेवाप्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा ८० एमबिपीएस स्पीडको इन्टरनेट उपलब्ध गराउने वाइफाई नेपालका सीईओ शत्रुधन पञ्जियारले बताए । उनका अनुसार वाइफाई नेपालबाट अहिले ५० एमबिपीएस र ८० एमबिपीएसको इन्टरनेटको सुविधा दिइएको छ ।

५० एमबिपीएस स्पीडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् । घरायसी तथा व्यापारिक ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेको सीईओ पञ्जियारले बताए । 

निम्न र मध्यमवर्गीय परिवारको इन्टरनेट चलाउने आवश्यकतालाई परिपूर्ति गर्ने तवरले वाईफाई नेपाललञ्च गरेको कम्पनीले दाबी गरेको छ । हाललाई शहर केन्द्रित भएता पनि भोलीका दिनमा ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना रहेको कम्पनीको भनाइ छ।

१ बर्ष अगाडि

प्रतिक्रिया