त्रिभुवन मावि घनपोखराले पायो मर्स्याङ्दी कपको ट्रफी

विहीबार, ०५ माघ २०७९, १३ : २२

काठमाडौँ - मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित मर्स्याङ्दी शैक्षिक महोत्सव– ०७९ को समापन भएको छ । महोत्सवमा आयोजित मर्स्याङ्दी कपको उपाधि यसवर्ष त्रिभुवन मावि घनपोखराले जितेको छ । विभिन्न खेलबाट ५५ अंक प्राप्त गरि त्रिभुवन माविले ट्रफी चुमेको हो ।

२ माघमा सम्पन्न प्रतियोगितामा ५१ अंक प्राप्त गरि महेन्द्रदेव मावि द्वितीय र ४७ अंक प्राप्त गरी हिमचुली आमावि तृतिय भएका थिए । मर्स्याङ्दी शैक्षिक महोत्सव ०७९ को गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले समापन गरे । समापनका अवसरमा महोत्सवअन्तर्गत मर्स्याङ्दी कप–०७९ मा विजयी छात्रछात्रा तथा विद्यालयहरूलाई पुरस्कृत गरिएको छ ।

मावि स्तरीय भलिबलको छात्रतर्फको खेलमा गणेश मावि पहिलो भएको छ । त्यस्तै, त्रिभुवन मा वि दोस्रो र प्रभातशान्तिपूर्ण मावि तेस्रो भएको थियो । भलिबलकै छात्रातर्फको खेलमा हिमचुली आ मावि पहिलो, महेन्द्रदेव मावि दोस्रो र अमर मावि तेस्रो भएका छन् ।

गाउँपालिकाको खेल समितिका सचिव कुलबहादुर विकका अनुसार अमर मावि र गंगा मिलन माविबीच भएको फाइनल खेलमा खेल अवधिमा दुवै पक्षबाट एक(एक गोल भई बराबरीमा टुंगिएको थियो । त्यसपछि थप समयमा दुवै पक्षबाट गोल भएन । त्यसपछि ट्राई ब्रेकरमा चार गोलको मौका दिइएकोमा गंगामिलन माविले दुई र अमर माविले एक गोल मात्र मिस गरी अमर मावि ३–४ गोल अन्तरले विजयी भयो ।

छात्रातर्फको फुटबल खेलको फाइनल हिमचुली आमावि र प्रेम मिलन माविबीच भएको थियो । त्यो खेलमा पनि खेल अवधिमा एक एक गोल भई बराबरी भएकोमा ट्राइब्रेकरमा गएर हिमचुली आवासिय माविले दुई गोल र प्रेम मिलनले तीन गोल मिस गर्न पुग्यो । २– ३ गोल अन्तरले हिमचुली आमावि तेस्रो भएको आयोजकले जानकारी दिए।

 

विहीबार, ०५ माघ २०७९, १३ : २२

प्रतिक्रिया