खल्ती एपबाटै टिकट खरिद गर्न २४ भन्दा बढी चलचित्र हलहरु उपलब्ध

१ बर्ष अगाडि

काठमाडौँ चलचित्र हलहरुसँग हालैको साझेदारीपछि खल्ती एपबाटै टिकट खरिद गर्न २४ भन्दा बढी चलचित्र हलहरु उपलब्ध भएका छन्। 

हालै एपमा बढ्दै गएका हलहरुमध्ये ४ वटा नयाँ चलचित्र हलहरु सिटी म्याक्स सिनेमा बागबजार (काठमाण्डौ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा) , एफकिउब सिनेमा चाबाहिल (काठमाण्डौ) र वन सिनेमा (कालिमाटी) थपिएका छन्। केवल ५० सेकेन्डमा चलचित्र टिकटहरु खल्तीबाट किन्न सजिलो बनेको छ।


खल्तीले क्यूएफएक्स, आईएनआईजस्ता अरु त्यहाँ प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिद गर्ने परिभाषा बदलिँदै आएको छ। यसर्थ, एउटै एपभित्र २४ भन्दा बढी चलचित्र हलको उपलब्धताले प्रयोगकर्ताको समय र चलचित्र टिकट खरिद गर्न झन्झट कम गर्छ। 

खल्तीमा प्रयोगकर्ताहरुले हलहरु, शो टाइम, मूल्य तुलना गर्न र प्राथमिकता अनुसार उपलब्ध उत्कृष्ट सिटहरु छनौट गर्न सक्छन्।

यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी खल्तीमा सक्दो धेरै हलहरु उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन लागि परेका छौँ। हामी चलचित्र हलहरुमा मात्र सीमित रहने छैनौँ। भविष्यमा प्रयोगकर्ताको सहजता र सुविधाका लागि नेपालभरिबाट विभिन्न कार्यक्रम र अन्य टिकट सुविधा थप ल्याउनेछौँ।’

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीहरुमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु, र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया