उपसभामुखको निर्वाचनका लागि आज मनोनयन

१ बर्ष अगाडि

काठमाडौँ / प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गर्नुभएको उपसभामुख पदको निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो दिउसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । 

माघ ७ गते शनिवार दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया