सभामुख घिमिरेले बिहान ११ बजे शपथ लिने, दिउँसो पदभार सम्हाल्ने

१ बर्ष अगाडि

काठमाडौं /  सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ ।

शपथ लिएलगत्तै उनी लैनचौरमा रहेको सहिल स्तम्भमा माल्र्यापण गर्न जाने भएका छन् । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए । दुई सय ६८ सांसद उपस्थित भएकामा उनले एक सय ६७ मत प्राप्त गरेका थिए । उनको विपक्षमा एक सय मत परेको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया