सेवाग्राहीहरुले भोग्नु परेको सास्ती प्रति नेपाल टेलिकमको गम्भिर ध्यानाकर्षण

१ बर्ष अगाडि

काठमाडौँ -  नेपाल टेलिकममा क्रियाशिल युनियनहरुले संस्थागत सुधार, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह, सेवाग्राही हीत संस्थागत सुशासन लगायतका विषयहरुमा कम्पनी व्यवस्थापनलाई पटक पटक ध्यानाकर्षण गराउदै आएका छन् ।

यसै सन्दर्भमा मिति २०७४ माघ ०३ गते अपरान्ह करीव १२:०० बजे देखी जीएसएम मोबाइल तथा PSTN सेवाहरु केही समय पूर्ण रुपमा अवरुद्ध भई सेवाग्राहीहरुले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षतिप्रति  गम्भिर ध्यानाकर्षण  रहेको कुरा कम्पनीले जनाएको छ ।

मन्त्रीमण्डल विस्तार तथा नव नियुक्त माननीय मन्त्रीज्यूहरुको शपथ ग्रहण कार्यक्रम रहेको महत्वपूर्ण समयमा कम्पनीका सेवाहरु अवरुद्ध हुनु सामान्य विषय होइन ।

कम्पनीका अवरुद्ध सेवाहरु हालसम्म पनि पूर्ण रुपमा चुस्त, दुरुस्त र नियमित हुन नसक्नुले कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमता माथि गम्भीर प्रश्न खडा भएको छ ।

विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानविन समिति गठन भै प्रतिवेदन तयार हुने तर प्रतिवेदनको कार्यान्वयन एवं दोषी उपर कारवाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारी बोधको कमी र दण्डहिनता बढेको टेलिकमले ठहराएको छ।

हिजो मिति २०७४ माघ ०३ गते अपरान्ह करीव १२:०० बजे देखि कम्पनीका जीएसएम मोबाइल तथा PSTN सेवाहरुमा समस्या देखिएको सन्दर्भमा कुन सिष्टम र के कस्ता कारणले समस्या देखिन गएको हो ।

कम्पनिले के कति क्षति ब्यहोरेको छ रु यो कस्को जिम्मेवारी र दायित्वको विषय हो । जस्ता विषयमा प्रष्ट रुपमा खोजविन गरी आगामी दिनमा यस्ता समस्याहरु दोहरिन नदिन उचित ब्याक अप तथा ब्याक अप अपनाउन, बिशेषज्ञ टीम तयार पारी कार्य अगाडी बढाउन र छानविन गरी यस्ता कार्यमा दोषी देखिएमा दोषि उपर हदै सम्मको कारवाही गरी क्षतिपूर्ति असुल उपर गर्न जोडदार माग गरेको छ ।

वर्तमान प्रतिस्पर्धाको यस समयमा देशभरी नै सर्व सुलभ र भरपर्दो दूरसञ्चार सेवा पुयाउनु पर्ने दायित्व भएको संस्थामा यस प्रकारका घटनाहरु बारम्बार नदोहरिने गरी सिष्टम र सेवाहरुको प्राविधिक परिक्षण गराउन  समेत कम्पनीले ध्यानाकर्षण गराएको छ।

Bigyapti regarding NT System Failure

१ बर्ष अगाडि

प्रतिक्रिया