आयातमा नगद मार्जिनको व्यवस्था हटाउदा अर्थतन्त्र चलायमान हुन्छ :चेम्बर

शुक्रबार, ०६ माघ २०७९, १७ : ३२

 काठमाडौँ - नेपाल चेम्वर अफ कमर्सले नेपाल राष्ट्र वैंकबाट एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आई रहेको सन्दर्भमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अवका दिनमा अर्थतन्त्र चलायमान हुने छ भन्ने विश्वास लिएको छ ।

नेपाल चेम्वर अफ कमर्सद्धारा आयोजित अर्थतन्त्र: अवको बाटो बिषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमूख अतिथि उपप्रधान मन्त्री तथा अर्थमन्त्री  बिष्णु पौडेल समक्ष निजी क्षेत्रका बिद्यमान समस्या र सुझावबारे चेम्वरबाट सुझाव प्रस्तुत भएको र सोको लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्वर अफ कमर्सले आभार व्यक्त गरेको छ ।  

नेपाल राष्ट्र बैंकबाट जारी भएको “चालु पुँजी कर्जा मार्गदर्शन २०७९” परिमार्जन गरि २०८२ असार सम्म पु¥याइएकोमा नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ । चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई  ४० प्रतिशत नै कायम गरिन र  डवल डिजिटको आर्थिक बिकास हाशिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पर्ने तर्फ पनि चेम्वरको बिशेष आग्रह रहेको छ । 

तरलता व्यवस्थापनका लागि पुंजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत राखेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९०५ देखि ९५५ रकम बैक तथा वित्तिय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यस तर्फ पनि ध्यानाकर्षण गराएको छ ।
 

शुक्रबार, ०६ माघ २०७९, १७ : ३२

प्रतिक्रिया