डा तोसिमा रोक्ने पदम दाउ, योजना बनाउँदै सापकोटा

१ बर्ष अगाडि

 
काठमाडौं । गत माघ ३ गते स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्य मन्त्री बनेका नेकपा एमाले का नेता पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकि डा.तोसिमा कार्की बिच मतभेद शुरु हुन थालेको छ । 

मन्त्री पदम गिरीले आफु अनुकुल निर्णय गर्ने र कर्मचारी पनि आफु अनुकुल चलाउन थालेपछि केहि नयाँ गर्छु भन्ने उर्जाका साथ राज्यमन्त्री बनेकी डा तोसिमा कार्कीको योजनामा धक्का लाग्ने देखिएको छ । अहिले नेकपा एमाले निकट कर्मचारी दिनहुँ जसो  मन्त्रालयमा मन्त्री लाई कुरा लगाउँदै गरेको भेटिन्छन ।मन्त्री गिरी पनि प्राबिधिक रुपमै कसरी डा तोसिमालाई पेन्डुलम बनाएर राख्ने भन्ने बिषयमा स्वास्थ्य क्षेत्र निकटका मान्छेहरुलाई बोलाउंदै सल्लाह लिने गरेको मन्त्रालयमै कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिएका छन् ।

त्यसो त अहिले स्वास्थ्य मन्त्रालय मन्त्री गिरी ले भन्दा पनि हाल गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका खगराज अधिकारीका निकट मानिने युवा संघ उपाध्यक्ष रामजी सापकोटाले चलाउने गरेका छन् ।मन्त्री गिरीको सचिवालय नै नबनिसकेको अवस्थालाई खेल्दै सापकोटाले मन्त्रालयका कर्मचारीलाई म स्वकीय सचिव बन्ने कन्फर्म भईसकेको र नियुक्ति भनेपछि सबैलाई देखाईदिने भन्दै डर देखाउन थालेको कुरा एक कर्मचारीले पोखेका छन् ।

बिभिन्न मेडिकल माफियाहरु संगराम्रै सम्बन्ध रहेका सापकोटाले गोप्य रुपमा मन्त्रीलाई ति माफिया सँग भेटाउने र तोसिमालाई असफल बनाउने योजनामा लागेको कुराको अहिले मन्त्रालयमा चर्चा हुने गरेको छ ।तर मन्त्री गिरी भने आफ्ना भाई लक्ष्मण गिरीलाई स्वकीय सचिब बनाउन चाहेको बुझिएको छ।

 राष्ट्रिय स्वतन्त्र पार्टीको माहोल बाट तर्सिएको एमालेले तोसिमाले राम्रो काम गरेको खण्डमा आफ्नो मन्त्री छायाँमा पर्ने भन्दै आफ्नो साइबर सेना समेत स्वास्थ मन्त्रालय केन्द्रित गरेको छ । 

मन्त्री गिरी समेत सस्तो लोकप्रियताका लागी क्यान्टिनमा खाना खाएको देखि कोशी अस्पताल घटनाका पिडितका बाबु लाई फोन फोन सम्पर्क गरेको कुरा समेत टिकटकमा हाल्न भ्याएका छन् ।अझ अचम्मको कुरा त् के छ भने पिडित का बाबुलाई सम्पर्क गरेको भिडियो मन्त्रीकै कार्यकक्ष बनाईको भिडियो हो ।यस बाट के प्रस्ट हुन्छ भने साईबर सेना हर समय मन्त्रीकै कार्यकक्ष मा हुने रहेछन ।सस्तो लोकप्रियता खोज्ने मन्त्री गिरीको सामाजिक संजाल स्टन्ट र राज्य मन्त्री डा तोसिमा कार्की रोक्ने योजना कत्तिको सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया