काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामकलाई निर्देशन दिनुभएको छ ।
बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्नुहुँदै मन्त्री किराँतीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुने गरी काम गर्न आग्रह गर्नुभयो ।
हवाई सुरक्षामा सुधार गर्दै परिणाममुखी काम गर्न पर्यटन मन्त्रीले निर्देशन दिनुभएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
पर्यटनमन्त्री किराँतीले अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा र पूर्वाधारयुक्त बनाउन पनि निर्देशन दिनुभयो ।
सो अवसरमा पर्यटनमन्त्री किराँतीलाई क्यानका अधिकारीले क्यानको सेवा प्रणालीबारे जानकारी गिराउनुभएको थियो ।
प्रतिक्रिया