सोनाम ल्होसारको उत्सव

१ हप्ता अगाडि

काठमाडौं - तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइ रहेका छन् । सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली रहेको बताए । 

बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी भएका थिए । तामाङसहित अन्य समुदाय व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्छन्। 

१ हप्ता अगाडि

प्रतिक्रिया