नेपालमा नयाँ राइड प्लेटफर्म प्रकाशित

१ बर्ष अगाडि

काठमाडौँ - नेपाली बजारमा नयाँ सेफ राइड नामक प्लेटफर्म सार्वजनिक भएको छ । सो प्लेटफर्ममा आवद्ध हुने राइडरले बिना कुनै शुल्क रजिस्टर गरी ३ महिनासम्म कुनै किसिमको कमिसन तिर्नु नपर्ने कम्पनीको भनाइ छ ।

उक्त ऐपमा आपतकालीन अवस्थामा इमर्जेन्सी एसओएस एक्टिभेट गर्न सकिने बताइएको छ ।

त्यसैगरी, सह संस्थापक प्रकाश मालाकारले राइड शेयर गरिसके पछि एपबाटै नजिकका मान्छेलाई लोकेसन शेयर गर्न सकिन्छ । यात्रा गरेको मान्छे र राइडरलाई लिङ्कका माध्यमबाट ट्रयाक गर्न सक्छन् ।

राइडर र यात्रुबीच सम्पूर्ण कारोबार क्याशलेस बनाउन एपमै पेमेन्ट गेटवे समावेश गरेको बताइएको छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया