नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा , के छन् विशेषता ?

१ बर्ष अगाडि

काठमाण्डौँ - नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ।

आफ्नो पहिलेको हुन्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुन्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ। नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधा, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रुपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ।  

 समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरुसहित तयार गरिएको हुन्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ। यो सेगमेन्टमै पहिलोपटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलईडी टेल ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरुप दिएको छ। 

त्यस्तै हुन्डाई भेन्यूको अघिल्लो भागमा रहेको पारामेटिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्र्टी लुक दिएको छ। यसमा रहेको डायमन्ट कट अलोय ह्विल्स, एलईडी प्रोजेक्टर ल्याम्प, पुडल ल्याम्प, सार्क फिन एन्टिना रुप रेलले नयाँ हुन्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको छ।  

नयाँ हुन्डाई भेन्यूकोे फराकिलो वनावट र टु टोन ब्ल्यायक ग्रिज इन्टेरियरका कारण निकै नै आरामदायी छ। नयाँ हुन्डाई भेन्यूको विस्तारित बुट स्पेससहितको ६०ः४० स्प्लिट सिट, कप होल्डरसहितको रिअर सेन्ट्र आर्मरेस्ट, दुईवटा रियर यूएसबी चार्जर, टु स्टेप रियर रिक्लिनिङ सिट, इर्गोनोमिकल डिजाइन गरिएको सुविधाजनक चालक सिट, ८ इन्च इन्फोटेन्मेन्ट सिस्टम, कुल्ड ग्लोब बक्स, वायरलेस फोन चार्जर, डुअल जोन क्लाइमेट कन्ट्रोल एससी र स्मार्ट सनरुफलगायतका सुविधाले हुन्डाई भेन्यूलाई एक उत्कृष्ट कम्प्याक्ट एसयूभीको रुपमा स्थापित गराउनेछ। 

यसका साथै नयाँ हुन्डाई भेन्यूमा एम्बिएन्ट साउन्ड्स अफ नेचरका रुपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ। यसले ग्राहकको ड्राइभिङ अनुभवलाई शान्त र सहज बनाउने विश्वास गरिएको छ।

यसबाहेक नयाँ भेन्युमा डुअल एयरब्याग, रियर पार्किङ असिस्ट क्यामेरा, अटोमेटिक हेडल्याम्प र हेडल्याम्प एस्कर्ट फंक्शन, कर्नरिङ ल्याम्प, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल लगायतका थप सुरक्षा सुविधाहरु पनि रहेका छन्।  

१ बर्ष अगाडि

प्रतिक्रिया