जुम्लाबाट ७६ टन जडीबुटी निर्यात, १५ लाख राजश्व सङ्कलन

मंगलबार, १० माघ २०७९, ०९ : ५०

जुम्ला / आर्थिक वर्ष २०७९/८० मा जुम्लाबाट ७६ टन जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय जुम्लाका अनुसार उक्त निर्यात दुई वर्ष यताकै दोब्बरले कम हो ।

आर्थिक वर्ष २०७७/७८ मा २ सय २ टन र आर्थिक वर्ष २०७८/८९ मा भने २ सय १ टन जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्क बहादुर महतले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ७६ टन जडीबुटी निर्यात हुँदा १५ लाख ११ हजार ९७५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

मंगलबार, १० माघ २०७९, ०९ : ५०

प्रतिक्रिया