नेपाल खेलकुद पत्रकार मञ्चद्धारा पल्सर स्पोर्ट्स अवार्ड आयोजना गर्दै

१ बर्ष अगाडि

काठमाडौँ - नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ।

मञ्चले अवार्ड आगामी फागुन २३ गते हुने घोषणा सोमबार गरेको हो। 

२०६० सालदेखि हुँदै आएको अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ। २०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिनेछ। सोमबार नै एनएसजेएफ स्पोर्ट्स अवार्डले मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि नवीकरण गरेको छ। मञ्चको उक्त कम्पनीसँग १४औं वर्षको सहकार्य हो।

सम्झौतामा मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुबेदी ९देवेन्द्र० र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

अवार्ड २०७८ मा कुल ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए।

यसअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्टलाई अवार्ड रहेका छन्। वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउँनेछन्।

अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी सुरु गरिसकेको र आगामी  हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव ओलीले बताए। यसका लागि मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको छ। अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ९देवेन्द्र० को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया