स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा हुने

१ बर्ष अगाडि

काठमाडौँ / यति बेला नेपालमा अवार्डको मौषम जोडतोडले सुरु भएको छ । फिल्म अवार्डदेखि भिडियो अवार्डसम्म अहिले धमाधम आयोजना भइरहेका छन् । नेपालसँगै विदेशी भूमिमा अवार्ड हुने क्रम पनि ह्वात्तै बढेको छ ।

यसैबिच, ग्रेट नटराज फिल्मस् प्रा.ली. र ह्यापी पाठक इन्टरटेनमेन्ट प्रा.ली. को संयुक्त को आयोजनामा स्टार म्युजिक भिडियो अवार्ड को दोस्रो संस्करण क्यानडामा हुने भएको छ ।

अवार्डमा नेपालबाट ५० जना बढी कलाकार, प्राविधिक, पत्रकारको टोलीको सहभागिता रहने ग्रेट नटराज फिल्मस् प्रा.लिका प्रबन्ध निर्देशक अशोक बि.क.ले जानकारी दिनुभएको छ । विभिन्न विधाका अग्रज र अनुज श्रष्टालाई अवार्ड र सम्मान प्रदान गरिने उक्त अवार्डको प्रथम संस्करण गत जेठमा राजधानीमा भव्यताका साथ सम्पन्न भएको थियो जसमा १५० बढी म्युजिक भिडियोसँग सम्बन्धित कलाकर्मीलाई अवार्ड प्रदान गरिएको थियो ।

मदन गजमेर संयोजक ,प्रशान्त कुमार आग्री व्यवस्थापक रहेको अवार्ड आयोजक समितिमा केशव कार्की, रमेश थापा, गोपाल थापा र दिपासा बि.सी. को सदस्य रहेका छन् ।

क्यानडामा हुने स्टार म्युजिक भिडियो अवार्ड २०२३ को रु १००० दर्ता शुल्क सहित आवेदन खुल्ला गरी सकिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया