काठमाडौँ / नेपाल बीमा प्राधिकरणको आयोजनामा नुवाकोटको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखीसमेत हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले बीमा कम्पनीहरूलाई गाउँ गाउँमा पु¥याउन र ग्रामीणस्तरमा समेत बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो ।
दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीरूको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिकास्तरबाटै बीमाको शरुवात गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो भने सहायक प्रथम शिवप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया