भि.जी. ईम्पेक्स प्रा.लि ले ल्यायो  ‘बाइ ग्रेट, सेभ बीग’ अफर

१ बर्ष अगाडि

काठमाडौँ - ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारिक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले नेपाली बजारमा ‘बाइ ग्रेट, सेभ बीग’ अफर ल्याएको छ । उक्त अफर नेपालभर ४५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जि.डब्लु.एम का सबै प्रकारको गाडीहरूमा मान्य हुने छ । 

 कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’ अफर सार्वजनिक गरेको हो र यस अफरबाट ग्राहकहरूलाई सुपथ मूल्यमा आनन्द र आरामदायी ड्राइभ प्रदान गर्ने विश्वास लिइएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, एक वर्षको व्यापक बीमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँसम्मका फाइदाहरू पाउनेछन् ।

ग्रेट वाल मोटर (जि.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरू रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजारभन्दा धेरै रहेको छ । 

विगत ६ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरू बिक्री गरिरहेको छ । चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरू ६० भन्दा धेरै राष्ट्रहरूमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ । 

जि।डब्लु।एम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरूका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरू र प्रिमियम सुविधाहरू उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्द छ । 

भि।जी। इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरूमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी.इम्पेक्स÷ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरू नेपाल ल्याउन सफल भएको छ । 

जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरूलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरू थप्दै सेवा सुविधाहरूमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरूलाई नयाँ र वृहत सेवाहरू प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया