नेपालको ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ, अघिल्लो आर्थिक वर्षको तुलनामा ७ अर्ब कम

विहीबार, १२ माघ २०७९, १६ : ४२

काठमाडौं-  मंसिरसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

 अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋण आन्तरिक र वाह्य गरी २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । यो असार मसान्त अर्थात् अघिल्लो आर्थिक वर्ष २०७८र७९ को गत असारसम्मको तुलनामा भने ७ अर्ब रुपैयाँ कम हो ।

गत असारभन्दा मंसिरमा सार्वजनिक ऋण कम हुनुमा पहिलो चौमासिकमा सरकारले गरेको सावाँ र ब्याज भुक्तानी तथा थप चालु आर्थिक वर्षमा लक्ष्यअनुसार ऋण प्राप्ति भइनस्कनु कारण हो । सरकारले चालु आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

मंसिरसम्म सरकारले सावाँ र ब्याजमा झण्डै पौने खर्ब रुपैयाँ भुक्तानी गरेको छ । सरकारले लिएको ऋणको तुलनामा भुक्तानी रकम धेरै हुँदा समेत कुल सार्वजनिक ऋण भने घटेको देखिएको हो । अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्म सरकारले ५३ अर्ब २४ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।

विहीबार, १२ माघ २०७९, १६ : ४२

प्रतिक्रिया